पोखराको न्यूरोडमा अत्याधुनिक रेस्टुराँ खुल्यो

पोखराको मुटु मानिने न्यूरोडमा अत्याधुनिक र सुविधासम्पन्न रेस्टुराँ सञ्चालनमा आएको छ । न्यूरोड भाटभटेनीको अगाडि सिटी स्क्वायर बैंकेट एण्ड रेस्टुराँ प्रालि सञ्चालनमा आएको हो ।

७ करोड रुपैयाँको लगानीमा ५ रोपनी जग्गामा उक्त बैंकेट सञ्चालन गरिएको हो । ३ जना सञ्चालक र २ जना प्रवर्द्धकले उक्त बैंकेट सञ्चालन गरेका हुन् ।

केही दिन अघिदेखि आंशिक सञ्चालनमा आएको उक्त रेस्टुराँ आज (शुक्रवार) देखि पूर्ण रुपमा सञ्चालनमा आउने प्रालिका अध्यक्ष प्रमेश पराजुलीले जानकारी दिए ।

बैंकेटमा साना तथा मझौलादेखि ठूला पार्टी तथा सेमिनारसम्म आयोजना गर्न सकिने पराजुलीले बताए । तिनमा जन्मोत्सव, ब्रतबन्ध, विवाह उत्सवदेखि पार्टीसमेत आयोजना गर्न मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार