सन्दकपुरमा एमालेको समृद्धि चित्र अनुशिक्षण

इलाम। समृद्ध चित्र निर्माण गर्ने उद्देश्य अनुरूप सन्दकपुर गाउँपालिका स्तरीय समृद्धि चित्र निर्माण अनुशिक्षण कार्यक्रम मंगलबार सन्दकपुर देउरालीमा सम्पन्न भएको छ ।

नेकपा एमालेले प्रत्येक नागरिकहरुको घरमा पुगेर अपेक्षा संकलन गरी समृद्धि चित्र निर्माणका लागि पालिका स्तरमा कार्यक्रम गर्दै आएको छ । सन्दकपुर गाउँ कमिटी अध्यक्ष दिपक गुरुङ्गको अध्यक्षता एवं नेकपा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष गणेश बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी उपाध्यक्ष उदय राई, उपसचिव रमेश राई, जिल्ला कमिटी सदस्यहरू सुरेन राई, छलीमाया गुरुङ्ग, छत्र दियाली, लिला भट्टराई, सन्दकपुर गाउँपालिका वडा नं.-१ का वडाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य रहर कुमार राई, जिल्ला सल्लाहाकार परिषद् सदस्य तुलसा ढकाल, इन्द्र पोख्रेल, नेकपा एमाले इलाम नगर कमिटी अध्यक्ष ठाकुर नारायण श्रेष्ठको आतिथ्यता रहेको थियो ।

अनुशिक्षण कार्यक्रममा समृद्धि चित्र निर्माण कार्यदलका जिल्ला संयोजक एवं नेकपा एमाले जिल्ला कमिटी उपसचिव रमेश राईले सहजीकरण गरेका थिए । अनुशिक्षण कार्यक्रममा नेकपा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदय राईले मन्तव्य राखेका थिए । अनुशिक्षणमा नेकपा एमाले सन्दकपुर गाउँ कमिटी उपाध्यक्ष सिद्धार्थ राईले स्वागत गरेकी थिइन् भने सचिव रुपेन नेम्बाङ्गले सञ्चालन गरेका थिए। नेकपा एमाले सन्दकपुर गाउँ कमिटी अध्यक्ष दीपक गुरुङ्गको संयोजकत्वमा समृद्धि चित्र निर्माण कार्यदल गठन भएको छ । कार्यदलको सदस्यहरुमा प्रकाश पराजुली, याम बहादुर राई,गिरीराज खनाल, सिद्धार्थ राई, रूपेन नेम्बाङ्ग, केबल राई, पुण्यप्रसाद निरौला र पासाङ तेन्जी शेर्पा ररहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार