स्वर सम्राट: नारायण गोपाल

  नरेन्द्रनाथ भट्टराई


काठमाडौँको गल्लीबाट उठेको धुन,
हृदयको अनन्त आकाशमा ठोक्किँदै परेको गोली जस्तो।
स्वर—केवल ध्वनि होइन,
यो हाम्रो स्मृति र अस्तित्वको अदृश्य बन्दूक,
हरेक कम्पनले हृदयमा विस्फोट गर्छ र अमरता सिर्जना गर्छ।
प्रेमका अस्पष्ट रंगहरू उसले बुन्दैछ,
विरहका गहिरा खाडलहरू उजागर गर्दै।
उनको स्वर—केवल संगीत होइन,
यो हरेक मौनमा जीवन र मृत्युलाई समेट्ने तरङ्गित विस्फोट,
समय र स्मृतिको बीचको अन्तरिक्षीय संवाद।
के यो धुन हाम्रो मात्र हो रु
कि यो हृदय, आकाश र स्मृतिको संगीतात्मक गोलीबारी,
जहाँ हरेक स्वरले हामीलाई अचेत भावनामा प्रहार गर्छरु
आज पनि,
हरेक मौन क्षणमा,
हरेक छायामा,
नारायणको स्वर—
सुनसान आकाशको तरंगित तारा,
अमर, अमूर्त,
हृदय र समयको अचूक गोली,
हामीभित्र छोडेर अमर धुनको प्रतिध्वनि बजाइरहन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार