बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई फाउण्डेशनको सहयोग

इलाम।युनिभर्सल फेथ कलेक्टिभ (युएफसी) फाउण्डेशन र श्री ची ल कल्चर फिल्म वल् र्डले इलामका पा वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक र दैनिक आवश्यकताका सामग्री सँगै लता कपडा वितरण गरेको छ ।

इलाम नगरपालिका वडा नम्बर ५ स्थित अमर माविमा सञ्चालित अपाङ्गता स्रोत कक्षाका २१ जना वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सामग्री सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रममा युएफसी फाउण्डेशनका प्रतिनिधि गोपाल कोइराला र चिनिया प्रतिनिधिहरुले विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेल र प्रधानाध्यापक सोमनाथ निरौलाले संस्थाप्रति आभार व्यक्त गरेका थिए ।  फाउण्डेशन र चील ल कल्चरले नेपालका विभिन्न जिल्लाका विपन्न र अशक्त छात्र छात्राहरुलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको छ । इलाम काठमाण्डौंजाजरकोट र रुकुमका पाँच हजार नौं सय विपन्न तथा अशक्त विद्यार्थीहरुलाई यस वर्ष फाउण्डेशन र कल्चरले सहयोग गर्ने फाउण्डेशनका गोपाल कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार