अब इलामबाट झापा प्याराग्लाइडिङमा

पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उड्ने गरेकोमा इलाम रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट परीक्षण उडान गरिएको छ । पहिलो परीक्षण उडानमा वडाध्यक्ष मनिकुमार स्याङ्बोले उडान भरेका छन् । आफ्नै गाउँमा उडान भर्न पाउँदा मज्जा आएको प्रतिक्रिया दिएका छन् ।

पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उनले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराएका हुन् ।

शुक्रबार हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका कोइराला, बुढाथोकी र नेपालीले मात्र उडान गरेका थिए भने शनिबार वडाध्यक्ष स्वयंले उडान गरेर परीक्षण सफल भएको बताए । उनले भने, “पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान ग¥यौँ सफल भयौँ, अब एक महिनाभित्रैमा व्यावसायिकरूपमा काम गर्छौँ ।” उनले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गरे ।

उनले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताए । उनले सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन लाखौँ खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार