हर्टिकल्चरको डिग्री विद्यार्थीलाई गलपासो, नयाँ सेमेस्टरको लागि विद्यार्थी शून्य

  आवाज संवाददाता

इलाम । लम्जुङका सागर अधिकारी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट बिएसी इन हर्टिकल्चरको पढाइ सकेर पासआउट भए । तर, उनको हातमा भएको सर्टिफिकेट काम लगाउन सकेका छैनन् । हातमा डिग्री भएपनि उनी लोकसेवा आयोगको परीक्षामा प्रतिष्पर्धा गर्न वञ्चित छन् । अघिल्लो डिग्री अध्ययनको लागि समेत बाटो सजिलो छैन । उनले कृषि तथा वन विश्वविद्यालयमा हर्टिकल्चर विषयमा मात्रै स्नातकोत्तर अध्ययन गर्न पाउँछन् । उही अंकभारको विषय अध्ययन गरेका विद्यार्थीले अरु विषयमा स्नातकोत्तर गर्न पाउँदा अधिकारी जस्तै हर्टिकल्चर पढेका विद्यार्थी भने चाहेको विषयमा स्नातकोत्तर अध्ययन गर्नबाट बञ्चित भएका हुन् ।

कृषि विषयको अध्ययन गराउने क्याम्पसको संख्या बढ्दै गएकाले इलाममा विद्यार्थीको चाप घटेको क्याम्पसका उप प्राध्यापक योगेन्द्रमान श्रेष्ठ बताउँछन् । ‘पहिले एग्रिकल्चर पढाइ हुने ठाउँ थोरै थियो, पश्चिमी जिल्लाहरुमा झन कम थियो त्यसैले विद्यार्थी यहाँ आउथे’, उप प्राध्यापक श्रेष्ठले भने,‘अहिले एग्रिकल्चर पढाई हुने क्याम्पसको संख्या बढेको छ, त्यसैले यहाँ घटेको हुन सक्छ ।’ लोक सेवा योग्यता क्रमको सूचिमा हर्टिकल्चर विषय समावेश नभएकाले विद्यार्थीको रुची घटेको उनको भनाई छ ।

आफुले अध्ययन गरेको विषय अन्य विषय सरह इक्युभ्यालेन्ट नहुँदा समेत समस्या खेप्नु परेको अधिकारीले सुनाए । ‘डिग्रीको नामले गर्दा लोकसेवा पनि भिड्न नपाइने, सहजले डिग्री गर्न पनि नपाईने अवस्था छ’, अधिकारीले भने, ‘कृषि विज्ञान (बिएसी इन एजी) सहर इक्युभ्यालेन्ट पनि हुँदैन ।’ चार वर्षमा १०÷१२ लाख खर्चेर पढाइ सकेपनि बेरोजगार बन्नु परेको अधिकारीको दुखेसो छ । ‘अन्यत्र पढेका सँगैका साथीहरु पढाइ सकेर जागिरे भइसके, आफु कमाउने बेलामा पनि बेरोजगार भएर घर बस्नुपरेको छ ।’ अधिकारीले नयाँ विषय पठन पाठनको नाममा विद्यार्थीको भविश्यमा खेलबाड गरिएको भन्दै आक्रोश पोखे । ‘विद्यार्थी माथि टेस्टिङ गर्न पाइँदैन’,उनले थपे,‘यो शैक्षिक व्यवसाय चलाए जस्तो भयो ।’

महेन्द्र रत्न बहुमुखी क्याम्पसले २०७१ सालदेखि बिएसी इन हर्टिकल्चरको पठनपाठन शुरु गरेको हो । तर, आठ वर्ष पार नपाउँदै सो विषय अध्ययनको नयाँ विद्यार्थीको भर्ना शुन्य भएको छ । चार वर्षमा कोर्ष पूरा हुने हर्टिकल्चर विषयमा विद्यार्थीको भर्ना शून्य भएपछि क्याम्पसको कार्यक्रम प्रभावित हुने भएको छ । क्याम्पसमा अहिले एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । ति मध्ये २७ विद्यार्थी पास आउट हुने चरणमा छन् । छैटाँै, चौथो र दोस्रो सेमेस्टरका विद्यार्थीको पढाइ चलिरहेको छ । नयाँ विद्यार्थी भर्ना नभए तीन वर्षमा क्याम्पसमा एग्रिकल्चर पढ्ने विद्यार्थी हुने छैनन् ।

महेन्द्र रत्न बहुमुखी क्याम्पसमा हर्टिकल्चर अध्ययनको लागि पश्चिमी जिल्लाका विद्यार्थी समेत इलाम आउने गरेका थिए । पछिल्लो समय यस विषय अध्ययनको लागि विद्यार्थीको आकर्षण कम हुँदै गएको छ । अघिल्लो शैक्षिक शत्रमा नौं जना विद्यार्थी भर्ना भएका थिए । ती मध्ये आठ जना मात्रै अध्ययनरत छन् । कृषि विषयको अध्ययन गराउने क्याम्पसको संख्या बढ्दै गएकाले इलाममा विद्यार्थीको चाप घटेको क्याम्पसका उप प्राध्यापक योगेन्द्रमान श्रेष्ठ बताउँछन् । ‘पहिले एग्रिकल्चर पढाइ हुने ठाउँ थोरै थियो, पश्चिमी जिल्लाहरुमा झन कम थियो त्यसैले विद्यार्थी यहाँ आउथे’, उप प्राध्यापक श्रेष्ठले भने,‘अहिले एग्रिकल्चर पढाई हुने क्याम्पसको संख्या बढेको छ, त्यसैले यहाँ घटेको हुन सक्छ ।’ लोक सेवा योग्यता क्रमको सूचिमा हर्टिकल्चर विषय समावेश नभएकाले विद्यार्थीको रुची घटेको उनको भनाई छ ।

क्याम्पस प्रमुख डा. दिननाथ फुएलले भने विद्यार्थीको समस्या सम्बोधनको लागि क्याम्पसबाट पटक पटक पहल भइरहेको बताउँछन् । हर्टिकल्चर पढेका विद्यार्थीलाई पाँचवटा समुहमा प्रतिष्पर्धा गराउन पाउने गरी पहल भएको उनले बताए । ‘हर्टिकल्चर सहित, माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा प्रतिष्पर्धा गर्न पाउने गरी अनुसूचि परिवर्तनको लागि क्याम्पसले पहल गरिरहेको छ’, क्याम्पस प्रमुख फुएलले थपे,‘त्रिभुवन विश्वविद्यालयकै तर्फबाट समेत मन्त्रालयमा पहल भइरहेको बुझेको छु ।’

क्याम्पस प्रमुख डा. दिननाथ फुएलले भने विद्यार्थीको समस्या सम्बोधनको लागि क्याम्पसबाट पटक पटक पहल भइरहेको बताउँछन् । हर्टिकल्चर पढेका विद्यार्थीलाई पाँचवटा समुहमा प्रतिष्पर्धा गराउन पाउने गरी पहल भएको उनले बताए । ‘हर्टिकल्चर सहित, माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा प्रतिष्पर्धा गर्न पाउने गरी अनुसूचि परिवर्तनको लागि क्याम्पसले पहल गरिरहेको छ’, क्याम्पस प्रमुख फुएलले थपे,‘त्रिभुवन विश्वविद्यालयकै तर्फबाट समेत मन्त्रालयमा पहल भइरहेको बुझेको छु ।’ तर, विद्यार्थी भर्ना भने अरु विविध कारणले घटेको प्रमुख फुएलको दावी छ । ‘कुनै बेला भर्नाको लागि प्रतिष्पर्धा हुन्थ्यो, अहिले परिस्थितिजन्य कारणले कम भएको हुन सक्छ’, प्रमुख फुएलले भने,‘क्याम्पसको संख्या पनि बढेको छ, लकडाउन लगायतका कारणले पनि विद्यार्थीको चाप कम भएको हुनसक्छ ।’

क्याम्पसका पुर्व प्रमुख तथा सेवा निबृत सह प्राध्यापक जसबहादुर लुङ्गेलीले जुन सोचले नयाँ कार्यक्रम शुरु भएको थियो त्यसलाई निरन्तरता दिन नसकेपछि समस्या शुरु भएको बताउँछन् । ‘कार्यक्रमलाई प्रभावकारी बनाउन स्वायत्त क्याम्पसको रुपमा जे जे काम हुनु पथ्र्यो त्यो भएन, आंङ्गिक क्याम्पसकै रुपमा निरन्तरता दिइयो त्यसले समस्या भएको हो ।’

क्याम्पसका पुर्व प्रमुख तथा सेवा निबृत सह प्राध्यापक जसबहादुर लुङ्गेलीले जुन सोचले नयाँ कार्यक्रम शुरु भएको थियो त्यसलाई निरन्तरता दिन नसकेपछि समस्या शुरु भएको बताउँछन् । ‘कार्यक्रमलाई प्रभावकारी बनाउन स्वायत्त क्याम्पसको रुपमा जे जे काम हुनु पथ्र्यो त्यो भएन, आंङ्गिक क्याम्पसकै रुपमा निरन्तरता दिइयो त्यसले समस्या भएको हो ।’ स्वायत्त क्याम्पसको रुपमा प्राज्ञिक समिति, परीक्षा समिति बनाएर क्याम्पसले नै परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, स्नातकोत्तरको कोर्ष बनाएर अध्यापन गराएको भए अहिलेको जस्तो समस्या नआउने लुङ्गेलीको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार