नवीनकाे ८३ औं जन्मजयन्ती मनाइँयाे

फरक लेखनशैली र जीवनशैलीका साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा आइतबार उनको प्रतिमामा माल्र्यापण गरिएको छ ।

साहित्य कला संगीत प्रतिष्ठानका उपाध्यक्ष रोशन कर्मचार्यको अध्यक्षतामा भएको र इलामका अग्रज संगीतकार राम दियालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, कलाकर्मीहरुले विष्णु नविनको प्रतिमामा माल्र्यापण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेका विष्णु नविनका तीन कृति ‘सोझा नविनका बाङ्गा निबन्ध, धेरै कुरा एकै ठाउँमा र केही सोधी केही खोजी’ उनका छोरा स्काइ नविनलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बुद्धि घिमिरे स्मृतिप्रतिष्ठानका अध्यक्ष इन्द्रनारायण सुवेदी, भानु प्रतिमा संरक्षण तथा साहित्य संरक्षण समितिका अध्यक्ष कवि विमल वैद्धलगायतको सहभागिता थियो । कार्यक्रमको संञ्चालन प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले सञ्चालन गरेका थिए ।

१९९५ माघ ९ मा इलाममै जन्मिएका साहित्यकार विष्णु नवीनको २०४० साल चैत १८ मा निधन भएको थियो । निकै चोटिला, आक्रोशित र व्यंग्यात्मक कविता लेखेर चर्चा कमाएर विष्णु नवीन साहित्यमार्फत् मात्र नभई समाजका विकृति–विसंगतिविरुद्ध कहिले साडी–चोलो र कहिले चुरा–पोतेसमेत लगाएर बजार घुम्ने गरेको इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार