अलैंची खेतीकाे लहर यस वर्ष मात्र ८० हजार विरुवा बिक्री

इलाम । वर्षेनी अलैंचीको विरुवा उत्पादन तथा बिक्री गर्ने अलैंची विकास केन्द्र इलामले यो वर्ष चार लाख रुपैयाँको अलैंचीका विरुवा बिक्री गरेको छ । विगत वर्षहरुमा १५ लाख रुपैयाँ सम्मके विरुवा बिक्री गरेको केन्द्रले यो वर्ष भने ८० हजार विरुवामात्रै बिक्री गरेको जनाएको छ । ‘यो वर्ष ५० हजार विरुवामात्र उत्पादन गर्ने लक्ष्य थियो, तर अलि बढी विरुवा तयारीभएकाले ८० हजार विरुवा बिक्री गरेका छौं ।’ केन्द्रका प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले भने ‘किसानबाट माग चाँहि निकै आयो तर विरुवा पुगेन ।’

पछिल्लो समय उच्च स्थानमा लगाइएको बगान केही वर्षमै रोगका कारण नस्ट हुनथाले पछि किसानले उच्चाइ अनुसारकै जातको विरुवा खोज ीगर्न थालेका छन् । राम साइ, गोल साइ, डम्बर साइ, भार्लाङ र जिर्मले जातको विरुवा उत्पादन गर्दै आएको केन्द्रमा भार्लाङ जातको विरुवाको माग भने उच्च रहेको जनाइएको छ ।

वर्षेनी रोगको चपेटा र मुल्य गिरवाटको समस्या झेल्दै आएका किसानले अलैंचीको विरुवा भने रोप्न छोडेका छैनन् । छिर्के, फुर्के, गानो कुहिने, डढुवा जस्ता रोगले बगाननै सखाप हुने अवस्था आएपनि किसानले नयाँ विरुवा विस्तार भने गरिरहेका छन् । ‘रोगले सबै बगान सखाप भएपछि किसानले दुईचार वर्ष सबै जातका विरुवा उचाइ नहेरि सबै क्षेत्रमा विस्तार गरे, त्यो पनि सफल नभएपछि अहिले किसानले पुनः कुन उचाइमा कुन जातको विरुवा लाग्छ त्यो हेरेरमात्र लगाउन थालेका छन् ।’ प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले भने ‘अहिले उच्चाइ अनुसारकै लाग्ने जातको विरुवा माग गरिरहेका छन् । यो वर्ष पनि किसानको माग अनुसार विरुवा पुगेन ।’

केन्द्रमा अहिले जिर्मले जातको विरुवामात्र बाँकी छ । केही तातो र सुख्खा स्थानमा अर्थात छ सय देखि एक हजार दुई सय मिटर उचाइ भित्रमात्र जिर्मले जातलाई खेती गर्न सकिन्छ । अहिले उच्च तथा लेकाली क्षेत्रमा हुने भार्लाङ जातको विरुवा माग भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो वर्ष ४० हजार विरुवा लमजुङ र ३० हजार विरुवा संखुवासभा निकासी भएको छ । बाँकी विरुवा जिल्ला भित्रै किसानले रोपेका छन् । ४.५ देखि ६.० सम्म अम्लीय पना भएको माटोमा फस्टाउने अलैंचीको बीउबाटै उमारिएको नयाँ विरुवा विस्तार गर्न उचित हुने प्राविधिकहरु बताउँछन् । गानोबाट सारिएका विरुवामा रोग निर्मुल नहुने बीउबाट बनाइएका विरुवामा रोगको खतरा कम हुने उनीहरुको भनाइ छ ।

पछिल्लो समय माईजोगमाईका सोयाङ, प्याङ, सन्दकपुरका माइमझुवा, माबुलगायतका गाउँमा लगाइएको अलैंची बगान रोगकका कारण नस्ट भएका छन् । अलैंची बगाननै रातो देखिनु, डाँठ कुहिनु र फल नलाग्नु ढुसी रोग भएको केन्द्र प्राविधिक सहायक श्रेष्ठ बताउँछन् । तल्लो भेगको अलैंची उच्च क्षेत्रमा लगाउनु, समयमा पानी नपुग्ने, मल तथा गोडमेलको कमिले यस्तो भएको हो , अलैंचीमा ढुसी देखा प¥यो भने डाइथेनम ४५ र कपर क्लोराईड प्रयोग गर्नुपर्छ, श्रेष्ठ भने ‘ढुसी नासक यो विषादीले अलैंचीको जरा भिज्ने गरि प्रयोग गरियो भने समस्या समाधान हुन्छ ।’

केन्द्रको तथ्याकं अनुसार नेपालका ५४ जिल्लामा १७ हजार चार हेक्टर जमिनमा अलैंची खेती हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार