इलाममा पुनः संक्रमण बढ्दै, ४१ जना संक्रमित

  आवाज सम्वाददाता


इलाम । इलाममा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएको छ ।

इलाममा बुधबार ४१ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १५ जना, सन्दकपुर गाउँपालिमा १९ जना, देउमाई नगरपालिकामा ४ जना, सूर्योदय नगरपालिकामा १ जना, माङसेबुङ गाउँपालिकामा १ जना र माइ नगरपालिकामा १ लाई संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

यसरीनै इलाममा हालसम्म संक्रमणबाट ४८ जनाको मृत्यू भएको प्रशासनले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार