इलाममा दुई नपामा ८ जनामा संक्रमण पुष्टि,बाँकी ८ पालिकामा शून्य

  आवाज संवाददाता

इलाम । इलाममा आइतबार दई नगरपालिकामा आठ जनामा संक्रमण पुष्टि भएको छ ।
बाँकी आठ पालिकामा संक्रमित छैनन् ।

आइतबार इलाम नगरपालिकामा एक जना र सूर्योदय नगरपालिकामा सात जनामा संक्रमण पुष्टि भएको हो । इलाममा एक महिनायता आइतबार संक्रमितको संख्या सबैभन्दा कम हो । एकै दिन एक सय ३६ जनासम्म संक्रमित भएका थिए ।

योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४६९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार