देउरालीको सात खाल्डे खेल मैदानमा पुरुषस्तरीय फुटबल प्रतियोगिता हुने

  आवाज संवाददाता

इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीको सात खाल्डे खेल मैदानमा पुरुषस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बर्षेनी हुने प्रतियोगितामा आउँदो चैत २५ बाट सुरु हुने छ । प्रतियोगितामा १४ टिमको सहभागिता रहने छ । देउराली स्पोटिङ क्लवको आयोजनामा हुने प्रतियोगितामा इलाभेन वारियर कमल गाउपालिका सैनिक फुटबल क्लव, देउमाई फुटबल क्लव, जनता सेभेन, माइनगरपालिका स्पोटिङ क्लव, माइजोगमाई गाउँपालिका स्पोटिङ क्लव, गोदक फुटबल क्लव, हेल्लो जस्विरे, नवज्योती फुटबल क्लव, योङबोइज फुटबल क्लव, फालेलुङ फुटबल क्लव, इलाम फुटबल क्लव , सन्दकपुर फुटवल क्लव र देउराली स्पोर्टिङ क्लब रहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय ११ रुपैयाँ, दोस्रो पुरस्कार ५० हजार पाँच सय ५५ रुपैयाँ रहेको छ । प्रतियोगिताको फाइनल खेल नयाँ बर्षको अवसरमा बैशाख १ गते हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार