इलाम । इलामको आदर्श बहुउदेश्य सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरुको परिवारलार्ई संस्थाले उपचार देखि कृषिका सामाग्री खरिदमा छुट दिएको छ । उपचारमा दाँतको उपचारको लागि मानव डेण्टल हस्पिटलमा एडमिसन बाहेक सबै सेवामा १० प्रतिशत छुट रहेको सहकारीले जनाएको छ । त्यस्तै औषधि खरिद गर्दा बिब्ल्याटेको पुजा एण्ड प्रशंसा मेडिको, जनसेवा मेडिको र माई मेडिकल हलमा ७ प्रतिशत छुट रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप श्रेष्ठले बताए ।
कृषि र पशु सामग्रीका खरिदमा मालापथमा रहेको शुभलाभ भेट्स फर्मा साथै आदर्श सहकारीको मल, विउ, विजन बिक्री केन्द्रमा छुट रहेको छ भने उक्त ठाउँबाट पशुको औषधि, मल, विउ, विजन, डग फुड, पशु दाना, कुखुराको दाना, ग्रीन हाउसको पाल, कृषि औजारमा दुई देखि २० प्रतिशत सम्म छुट रहेको छ ।
संस्थाका सेयर सदस्यका परिवारले इलेक्ट्रोनिक सामान खरिदमा बैद्य ट्रेड सेन्टर र गोविन्द इलेक्ट्रोनिक इलामबाट छुट पाउने छन् । जहाँ मोवाईल फोन, टिभी, ल्यापटप, डेक्सटप, माइक्रोवेभ ओभन, व्लुटुथ स्पिकर, फ्रिज, वासिङ मेसिन, प्रिन्टर, घडी, व्याट्री, चार्जर, केबलहरु, इमरजेन्सी लाईट, टेलिफोन सेट, मिक्सर वा कुनैपनि इलेक्ट्रोनिक सामानमा ब्राण्ड अनुसार २ देखि ३० प्रतिशत सम्म छुट पाउने छन ।
उपहारजन्य सामग्रीहरु चिया, छुर्पी, ललिपप, चिज, घ्यु लगायतका सामाग्री खरिदमा इलाम टी हाउस बाट छुट छुट पाईने छ भने रेष्टुरेष्ट, पार्टी प्यालेस, मिटिङ हल सेवाको लागि बगैचा पार्टी प्यालेसबाट छुट पाइने श्रेष्ठको भनाइ छ ।
सहकारीका सदस्यहरुको परिवारमा सदस्यको कारोबारलाई आधार बनाइ ल्यापटप उपलब्ध गराइने छ ।
शेयर सदस्यको मत्यु भएमा परिवारलाई नगद ५० हजार, जटिल प्रकारको रोग लागेमा उपचार खर्च बापत ५ देखि ५० हजार, नयाँ बुहारी घर भित्रिएमा बुहारीलाई नगद उपहारका साथ खाता संस्थाले खोलिदिने उपलब्ध गराइने छ । यस्तै, बच्चा जन्मिएमा बच्चालाई नगद उपहारका साथ बाल बचत खाता संस्थाले खोलिदिने,सुत्केरी आमालाई संस्थाले सुत्केरी भत्ता उपलब्ध गराउने, शेयर सदस्य स्वयं बिरामी भई नेपाल भित्र जहाँ पनि एम्बुलेन्स प्रयोग गर्नुपरेमा ३० प्रतिशत नगदै छुट पाउने , विदेशमा रहेका युवाहरुको लागि गोप्य बचत खाता सञ्चालन, मोटरसाईकल, स्कुटी, टेम्पो चाहिएमा ५० प्रतिशत फाइनान्स सेवा उपलब्ध गराउने, छ बर्ष सम्म पुरानो भएको चारपांग्रे गाडी फाइनान्सको सुविधा र आफूले खरिद गर्न लागेको जग्गालाई नै धितो राखेर जग्गा खरिदमा संस्थाले सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ बताउँछन् ।
















