इलाम। नेकपा एमाले इलाम नगरपालिका ५ नम्बर वडा कमिटीको तेस्रो वडा अधिवेशनले छवि लम्सालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
बिब्ल्याँटेको चुम्लुङ हीममा सोमबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा डीकबहादुर नूगो, सचिवमा तारा आचार्य, उपसचिवमा मनु राई र टंक भट्टराईलाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा जीवन ढुङ्गाना, नङप्रसाद तिवारी, मणि लिम्बु, श्याम राई, ठाकरसिंह नूगो, भूमि भट्टराई, कमल दाहाल, रमेश काफ्ले, टक दर्जी, पार्वता खनाल, गोमा रिजाल, बलिमाया घतानी, चन्द्र कोइराला, गंगा कुँवर, सुमन जबेगू, सन्दिका राई, सन्तोष घिमिरेलगायत सदस्यमा चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तारा गुरुङ, प्रदेश कमिटी सदस्य टीका घिमिरे, जिल्ला कमिटी सचिव रबिन्द्र सुवेदी, जिल्ला सल्लाहकार परिषदका उपाध्यक्ष मनराज जबेगू, इलाम नगर कमिटी अध्यक्ष ठाकुर नारायण श्रेष्ठ, नेपाली कांग्रेस इलाम नगरपालिका-५ का सभापति प्रकाश दुलाललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सीता रिजालले स्वागत गरेका थिए भने नारायण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
३३ जना अग्रजलाई सम्मान
अधिवेशनकै अवसरमा ३३ जना पार्टीका अग्रज तथा सेल्टरदाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पुष्पबहादुर जबेगू, हरीपृया खनाल, बुद्धमाया ढकाल, जीतबहादुर लिम्बु, गोपी कृष्ण कार्की कौशिला आचार्य सोमनाथ ढकाल, गर्भसिंह लिम्बु, बीर बहादुर श्रेष्ठ, चन्द्र बहादुर राई, कमला शिवा, खिम कुमारी जोगी, टीका माया घिमिरे, दिलबहादुर खत्री, गंगादेवी खनाल, कमला दर्जी ,उमाकुमारी गजमेर, लाल बहादुर अठ्परे, जसोदा आचार्य, बीर बहादुर जबेगू, सरमान दर्जी , ताराबहादुर श्रेष्ठ, पृथीमाया नोगु, छत्रबहादुर गुरुङ, पदम बहादुर सेलिङ, याम बहादुर कुँवर, राम बहादुर मगर, भीमप्रसाद लम्साल, रत्नमाया ढुंगाना, छलिमाया कोइराला र डोल कुमारी बजगाई रहेका छन् । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि तारा गुरुङले दोसल्ला ओढाउनका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरेकी थिइन् ।