पहिलो पल्ट इलाममा कन्दराले प्रस्तुती दिने

  आवाज सम्वाददाता

इलाम। लोकप्रिय ब्यान्ड कन्दराले आंउदो फागुन १६ गते इलामको करफोकमा सांगीतिक प्रस्तुति दिने भएको छ । इलामको कर्फोकमा कन्दराले गर्न लागेको याे प्रस्तुती पूर्वी पहाडमै पहिलो भएको बताइएको छ ।

सूर्योदय नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले  कार्तियक्रम आयोजना गर्न लागिएको  आयोजक सुर्योदय होटल ब्यवसायी संघले जनाएको छ । अहिले यो ब्यान्डमा गायक विवेक श्रेष्ठसहित सुनिल थापा, हरि महर्जन, गितारवादक देव लामा, पंकज झा र सुन्दर महर्जन सदस्य छन् । कार्यक्रमको मुनाफाले  सूर्योदय नगरपालिकाले घोषणा गरेको खेलकुद वर्ष २०८३ लाई सफल पार्न करफोक खेल मैदानको मर्मत सम्भार गर्ने, ऐतिहासिक पन्चकन्या मन्दिरको प्रचार प्रसार गर्ने साथै मन्दिर परिसरको मर्मत सम्भारमा सहयोग गर्ने आयोजकले जनाएको छ । संकलित नाफाबाट करफोक विद्या मन्दिरमा रहेका सुस्त श्रवण भएका विद्यार्थीहरुलाई सहयोग गर्ने, युवा पुस्तालाई सामाजिक कार्यमा आकर्षित गरी दुर्व्यसनबाट रोक्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिकाले उपाध्यक्ष बिक्रम श्रेष्ठले  बताएका छन् । लेककी हे माया, तगारोमा रुमाल राखी, जिन्दगी उत्सवहो, हङकङ पोखरा, चञ्चले कान्छीको जोवन, तिमी पारी त्यो गाउँमा, विदेशिएर गइन् उनी, भेडीगोठैमा, प्रियसीको कल्पनामा, विश्वासको दियो कन्दराका लोकप्रिय गीत हुन् । कन्दरा ब्यान्डले सांगीतिक साधनाका माध्यमबाट राष्ट्रिय भावना, प्रेम, र प्रकृतिलाई प्रवर्द्धन गर्दै आएको छ। कार्यक्रममा भारतका दर्शकहरुलाई समेत भित्र्याइने  छ । इलाम, झापा, पाँचथर र भारतका गरी पाँच हजार दर्शक भित्र्याउने लक्ष्य रहेकाे आयोजक समितिका शरण फागोले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार