जिल्ला ब्याडमिन्टन संघ इलामले ५४ जना विद्यार्थीहरुलाई तालिम दियो

  आवाज संवाददाता

इलाम। जिल्ला ब्याडमिन्टन संघ इलामले विद्यार्थीहरुका लागि आयोजना गरेकाे ४५ दिने ब्याडमिन्टन खेल तालिम शनिबार सम्पन्न भएको छ ।

इलामका ८ विद्यालयका १९ वर्ष मुनीका ५४ जना विद्यार्थीहरुकाे सहभागीता रहेकाे साे तालिमका सहभागीहरुलाई शनिबार एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरिएको थियो । तालिम समापनको अवसरमा तालिममा सहभागी विद्यार्थीहरुलाई सहभागी गराएर ४ फरक विधामा प्रतियोगिताको आयोजना गरिएको थियो । अण्डर १९,  अण्डर १७ र छात्रा तर्फ सिंगल र डबल गरी चार विधामा प्रतियोगिता गराइएको संघका कोषाध्यक्ष राजन दाहालले जानकारी दिए । तालिम समापनकै अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई प्रमाण पत्र, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।

जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हुकुमसिंह थेबेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश केशव प्रसाद घिमिरेले सहभागी तथा विजेता र उपविजेताहरुलाई प्रमाण पत्र, ट्रफी र प्रमाण पत्र प्रदान गरिएका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य विकास कर्माचार्यलगायतले मन्तब्य राखेका थिए । कार्यक्रम संघका सचिव हेम ढकालले सञ्चालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार