ओएसिस फुटबलको उपाधि मानेभञ्ज्याङको कब्जामा

  आवाज सम्वाददाता


इलाम। भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीले इलामको ठूलो टुँडिखेलमा सम्पन्न ‘प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता’को उपाधि उचालेको छ ।

आज (सोमबार) भएको फाइनल भिडन्तमा इलाम रोङको दीपेन्द्रशिखर एफसीलाई गोलान्तरले हराउँदै मानेभञ्ज्याङ च्याम्पियन बनेको हो ।

मानेभञ्ज्याङका लागि सिम्रन गुरुङले व्यक्तिगत २ र सुस्मिता लेप्चाले १ गोल गरे । दीपेन्द्रशिखरले जबाफी गोल फर्काउन सकेन ।

विजेता बनेसँगै मानेभञ्ज्याङले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता दीपेन्द्रशिखरले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका मेयर केदार थापाले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा मानेभञ्ज्याङका पाँच खेलाडीले उत्कृष्ट चार विधाका पुरस्कार प्राप्त गरे । बेस्ट गोलरक्षक ग्युमरी तामाङ, बेस्ट फरवर्ड सिम्रन गुरुङ, बेस्ट डिफेन्डर निमिता गुरुङ र बेस्ट प्लेयर सोनिका मरक घोषित भए ।

हाई स्कोररको पुरस्कार मानेभञ्ज्याङकी सिम्रन गुरुङ र बिर्तामोड युनाइटेडकी समीक्षा मगरले पाए । उनीहरूले सर्वाधिक तीन–तीन गोल गरेका थिए ।

बेस्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई तथा राइजिङ प्लेयर आयोजक ओएसिस फुटबल क्लबकी आयशा राईले पाए ।
विधागतमा उत्कृष्ट खेलाडीले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरे । गत फागुन ३ मा सुरु प्रतियोगितामा नेपालका छ र भारतका दुई टिम सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार