ब्याटमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक, दुई लाख नाफा

  आवाज सम्वाददाता


इलाम।बरबोटे ब्याटमिन्टन क्लबले फागुन १८ देखि २० गतेसम्म आयोजना गरेको कोशी प्रदेश स्तरीय प्रथम ब्याटमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।
प्रतियोगिता आयोजनाका लागि स्थानीय तहहरु, संघ संस्था र व्यक्तिबाट सात लाख ५९ हजार ९१४ रुपैयाँ सहयोग प्राप्त भएकोमा आयोजना सञ्चालन गर्न पाँच लाख ७० हजार ५५० रुपैयाँ खर्च भएको क्लबका कोषाध्यक्ष तीलक जबेगूले जानकारी दिए । प्रतियोगिताबाट क्लबलाई एक लाख ८९ हजार तीन सय ६४ रुपैयाँ नाफा भएको पनि उनले जानकारी दिए ।
क्लबका अध्यक्ष गृष्म सुब्बाको अध्यक्षतामा सम्पन्न आयव्यय सार्वजनिक कार्यक्रममा इलाम नगरपालिका वडा नं. ६ का अध्यक्ष मदन श्रेष्ठ, वडा नं. ५ का सदस्य प्रकाश दुलाल, अमर माविका प्रअ सोमनाथ निरौला, पत्रकार महासंघका अध्यक्ष विप्लब भट्टराईलगायतले खेल तथा क्लबको पारदर्शीताको बारेमा बोलेका थिए । क्लबका सचिव राजन दाहालले सञ्चालन गरेको सो कार्यक्रममा सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार