केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव आजदेखि शुरु

 

इलाममा आजदेखि ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव ७८’ शुरु हुँदैछ । दिउसो १ बजे धोबीधाराबाट साँस्कृतिक झाँकी सहितको ¥याली इलामको ठूलो टुँडीखेलमा पुगेर महोत्सव उद्घाटन समारोहमा समाहित हुनेछ । दिउसो २ बजे संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । आगामी वैशाख २ गते सम्म आयोजना हुने महोत्सवमा आन्तरिक तथा बाह्य गरि एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको जनाइएको छ ।
महोत्सव उद्घाटनका अवसरमा पूर्वका चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङ्गमा रहेका लोपोन्मोख तथा विभिन्न समुदायका साँस्कृतिक पहिरन सहितको झाँकी प्रस्तुत गरिने छ । महोत्सवका लागि सबै तयारी पुरा गरिएको मुख्य आयोजक संस्था केचना कञ्चनजंघा पर्यटन विकास समितिले जनाएको छ । ‘मेची कोरिडोर भित्र पर्ने झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग गरि चारै जिल्लाका पर्यटन व्यवसायी समेत सहभागी हुने गरि इलामलाई महोत्सव आयोजना स्थल बनाएका छौं ।’ समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले भने ‘सबै जिल्ला र पालिकाका ६५ स्टलहरु महोत्सवमा रहने निश्चित भएको छ । भोलि सम्ममा अन्य स्टल पनि आउने सम्भावना छ ।’
महोत्सवमा साँझ पख आयोजना हुने साँस्कृतिक कार्यक्रम अर्को महत्वको हुने आयोजकको बुझाइ छ । महोत्सवमा चलचित्र पनि जोडिएकाले यो छुट्टै महत्वको हुने बताइएको छ । चलचित्र सम्बन्धी निर्देशन, छायांकन र स्कीप राइटिङका विषयमा समेत कार्याशाला आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष केवल तामाङले बताए । कार्याशालामा अभिनय र निर्देशनमा अनुप बराल, छायाकंनमा राजेश श्रेष्ठ र लेखनमा लक्ष्मीनाथ शर्माले अन्तरक्र्रिया गराउने छन् ।
महोत्सवमा कलाकार प्रसान्त तामाङको विषेश प्रस्तुति रहने छ । यस्तै गरि रचना रिमाल, डम्बर नेपाली, एलिना चौहान, ताराप्रकाश लिम्बु, पदम राई, विष्णु चेम्जोङ, सुबास मेचे, चन्दा दाहाल, मेनुका माझी, बुद्धि तामाङ लगायतका कलाकारको प्रस्तुति रहने जनाइएको छ । यस्तै गरि कलाकारहरु दिपा श्री निरौला, तुलसी घिमिरे, उत्तम प्रधान, निरुता सिंह, सुदर्शन थापा, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, सिक्किम फ्लिम प्रमोसन वोर्डका अध्यक्ष पुजा शर्मालगायतको सहभागिता रहने नेपाल चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष तामाङले जानकारी दिए । महोत्सवमा इलाममै छायाँकन गरिएको ‘म यस्तो गीत गाउँछु’ लाई विशेष महत्व दिइएको तामाङले बताए । ‘इलामका हरेक स्थानहरु प्रकृतिक स्टुडियो झैं छन् , यहाँ आउने कलाकर्मीहरुलाई ती स्थानको अध्ययन भ्रमण समेत गराइने छ ।’ तामाङले भने ‘हाम्रो अर्को मुख्य उद्देश्य चलचित्र कार्याशाला चलाएर यहाँका स्थानीय कलाकार उत्पादन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार