फाकफोकथुमका बालबालिकालाई राहत प्रदान

  आवाज स‌ंवाददाता

कार्तिक महिनाको शुरु सँगै आएको वर्षा पछिको बाढी पहिरोका कारण प्रभावित बनेका इलामको फाकफोकथुम गाउँपालिकाका १७ बालबालिकालाई राहत प्रदान गरिएको छ । मानवअधिकार मञ्च नेपालद्धारा इलाममा सञ्चालित बाल हेल्पलाईन १०९८ ले बाढीपहिरो पीडित बालबालिकालाई राहत प्रदान गरेको हो ।  फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई र हेल्पलाईन इलामका संयोजक भक्त थामीले ११ परिवारका १७ बालबालिकालाई पोषणयुक्त खाना, शैक्षिक र स्वास्थ्य सामग्री, कपडा प्रदान गरेका थिए । फाकफोकथुममा एक लाख ६२ हजार २२० रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको संयोजक थामीले जानकारी दिए । यसअघि सूर्योदय नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका पीडित बालबालिकालाई राहत उपलब्ध गराइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार