जसपाकाे गृह, रक्षा र अर्थ मन्त्रालयसहित १० मन्त्रालय, दाबी रेशम चाैधरी छुट्ने तयारीमा

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर–महतोले १० वटा मन्त्रालय मागेको चर्चा छ । ठाकुर–महतोले ८ मन्त्री र दुई राज्यमन्त्रीसहित १० मन्त्रालय तथा एउटा उप–प्रधानमन्त्रीमा दाबी गरेको जसपाका नेता राजीव झाले जानकारी दिए ।  मंगलबार बिहान एक मिडियालाई अन्तर्वार्ताका क्रममा नेता झाले जसपालाई उप–प्रधानमन्त्रीसहित १० मन्त्रालय दिनुपर्ने बताए ।

ठाकुर–महताले रक्षा, गृह र अर्थ मन्त्रालय मागेको बताए । ‘हामीलाई गृह, रक्षा र अर्थ मन्त्रालय चाहिएको छ । अनिर्वाय रुपमा दिनुपर्छ’, उनले भने, ‘गृह मन्त्रालय हामीले छाड्दैनौँ ।’

संसदीय दलको नेता महतोले सरकारमा नेतृत्व गरेर जाने उनले बताए । महतोलाई उप–प्रधान र गृह मन्त्रालय दिने विषयमा जसपाभित्र सहमति भएको भन्दै प्रधानमन्त्रीलाई पनि सोही निर्णयको जानकारी गराएको बताएका छन् ।

शुक्रबारसम्म सर्वोच्च अदालतबाट रेशमलाल चौधरीको मुद्धा टुङ्ग्याएर रिहाइ गर्ने तयारी भइरहेको जसपाका नेता झाले बताए । उनले भने, ‘सर्वोच्च अदालतमा पेशी भइसकेको छ । रेशमलाल चौधरीलाई शुक्रबारसम्म छाड्ने तयारी भएको छ । सहमति भएको छ ।’ दैनिकडटकमले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार