एमालेबाट उम्मेद्वार बन्न सुहाङसहित ६ जनाको निवेदन

इलाम। बै‌शाख १५ गते हुन लागेकाे इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेकाे तर्फबाट  लागि स्वर्गीय सुवासचन्द्र नेम्बाडका छोरा सुहाङ नेम्बाङसहित ६ जनाले उम्मेद्वारीका लागि इच्छा जाहेर गरेका छन् ।नेम्बाङसहित ६ जनाले आइतबार एमालेकाे पार्टी कार्यालयमा निवेदन दिएका हुन् ।

पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न गठन गरेको अध्ययन कार्यदलमा निवेदन दिएका हुन् ।

पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । संयोजक राईका अनुसार, अहिलेसम्म सुहाङसहित ६ जनाले निवेदन दिएका छन् ।

उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलाल रिपल राई र नरेन्द्र भट्टराईले निवेदन दिएका छन् । उक्त निवेदन आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची रहेको राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार