इलाम नगरपालिकासहित इलामका ५ स्थानीय तहले वित्तीय सुशासन कायम गरेनन्

इलाम। वित्तीय अनुशासन कायम नगरेका इलाम नगरपालिकासहित इलामका सहित ५ वटा स्थानीय तहको विकास बजेट रोक्का हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपरेकाले बजेट कटौती हुने देखिएको हो । इलामका पनि इलाम नगरपालिका, माइ नगरपालिका, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माइजोगमाई गाउँपालिका पनि एफआरएमा परेका छैनन् ।

एफआरएभित्र नपरेकाको हकमा समानीकरण हुने बजेट तलमाथि पर्ने मन्त्रालयले जनाएको छ । एफआरए नभएको पालिकाहरु वित्तीय सुशासन कायम नगरेको भनेर बुझिन्छ । बजेट पठाउँदा त्यही अनुसार मूल्याङ्कन गरेर सिफारिस गरिने बताइएको छ ।

जिल्ला समन्वय समितिमार्फत हरेक वर्ष मन्त्रालयले एफआरए गर्दै आएको छ । यो वर्ष ५५४ वटा पालिकाको मात्र एफआरएको नतिजा प्रकाशन भएको छ ।

 इलामका सूर्योदय र देउमाई नगरपालिकाले भने उच्च अंक ल्याएका छन् । यि पालिकाहरुले ९८.५ अंक ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार