‘इलामे आधुनिक चुलो’ नगरमा बनाइँदै (चुलाेकाे भिडियाेसहित)

  आवाज संवाददाता


इलाम । मानवीय स्वास्थ्य र वातावरण संरक्षणको दृष्टिकोणले पनि उपयोगी हुने सुधारिएको आधुनिक इलामे चुलो जडानका लागि नगरपालिकाले अनुदान दिने भएको छ । यस वर्ष नगरका २१ परिवारलाई अनुदान दिइने भएकाे छ ।

यसका लागि इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ अनुदान दिने नगरपालिकाले जनाएको छ ।
चलो जडानका लागि १५ हजार पाँच सय लागत लाग्ने छ । चुलो जडान गर्ने उपभोक्ताहरुले पाँच हजार नौ सय ४० रपैयाँ ब्यहोर्नु पर्ने र बाँकी रकम नौ हजार पाँच सय साठी रुपैयाँ नगरपालिकाले भुक्तानी गर्ने भएको छ ।

परम्परागत सुधारिएको चुलालाई परिमार्जन गरेर आधुनिक इलामे चुलो बनाइने चुलो निर्माणकर्ता तथा इलाम नगरपालिका वडा नं. ५ का वडासदस्य गृष्म सुब्बा बताउँछन् । फलाम, अल्मुनिय र माटोको समिश्रणबाट चुलो बनाइने भएकाले किचनभित्र पटकै धुँवा नआउने र दाउरा पनि आधाभन्दा कम मात्र लाग्ने उनले बताए ।

उरा कम लाग्ने भएकाले वनजंगल संरक्षणमा पनि सहयोग पुग्ने र किचनमा धुँवा नआउने भएपछि मानिसको स्वास्थ्यमा पनि असर नहुँने उनले बताए । ‘घरभित्र धुँवा पटक्कै आउँदैन त्यसैले पक्की घरमा समेत यो चुलो बनाउन सकिन्छ ।’ सुब्बाले भने, ‘यो माटो र इटाले बनेको सुधारिएको चुलोभन्दा सय प्रतिशत प्रभावकारी हुन्छ ।’ फलाम अल्मुनियमको प्रयोग गरेर बनाउनु पर्ने भएकाले तुलनात्मक हिसाबले लागत बढी भएपनि यसको उपयोगिता बढी हुने भएकाले माग बढ्दै गएको उनले बताए ।

हेर्नुहाेस् चुलाेकाे भिडियाे:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार