दिलिप लिम्बूलाई अध्यक्षमा चयन गर्दै लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल इलाम शाखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको सम्मेलनले संगठनको उपाध्यक्षमा द्धय रोहिणीप्रसाद बराल र मञ्जु खनाललाई चयन गरेको छ । यस्तै सचिवमा कमला गौतम, उप–सचिवमा चित्र रसाइली र चित्र गुरुङ चयन भएका छन् । संगठनको सदस्यहरुमा भीमप्रसाद पौडेल, रविन्द्र खड्का, शोभा बराल, खगेन्द्र खनाल, विन्दा निरौला, शुसिला तामाङ, दिनेश कटुवाल र शिला राई चयन भएको बताइएको छ ।
नेकपा एमाले उप–सचिव रविन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले आगामी स्थानीय तहको निर्वाचनमा नेतृत्वमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई बढी भन्दा बढी सहभागीता गराउने यो समितिले महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य लिएको सचिव कमला गौतमले बताएकी छन् ।