रत्न वान्तावाकाे स्मृति दिवशमा सुहाङ

इलाम। इलाममा शहिद रत्न वान्तावाकाे ७५ औं जन्मजयन्ती तथा ४५ औं स्मृति दिवश विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइएको छ ।

शहिद रत्नकुमार वान्तावाको जन्मदिन तथा साहदत प्राप्त गरेको दिन चैत २७ गते पारेर मङ्गलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद बान्तवाको स्मारकमा माल्यार्पण गरिएको हो।

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बान्तवाको शालिकमा माल्यार्पण गरेका थिए । यस्तै सिंहवाहिनी मन्दिर नजिक रहेको बान्तवाको समाधिस्थलमा माल्यार्पण गरी श्रध्दाञ्जली सभाको गरिएको थियो।

नेकपा (एमाले) इलामले आयोजना गरेको बान्तवाको स्मृति दिवस सभालाई  प्रतिनिधिसभाका सदस्य बस्नेतले सम्बोधन  गर्दै सहिद बान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको  भूमिका र योगदानको चर्चा गरेका थिए ।स्मृति दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र)का प्रभास शर्मासहित अन्य कम्युनिस्ट नेता कार्यकर्ताले सहिद बान्तवाको शालिकमा माल्यार्पण गरेका थिए ।

यसरीनै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको उपस्थितिमा चुलाचुली गाउँपालिकाको फूङनाममा पनि शहिद रत्न वान्तावाकाे ७५ औं जन्मजयन्ती तथा ४५ औं स्मृति दिवश मनाइएको थियाे । कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, नेकपा एमालेका उपसिचव रबिन्द्र सुवेदी र नेकपा एमालेका पूराना नेता नवलकेमी राईको समेत उपिस्थित रहेको थियाे ।

२००९ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते निरङ्कुश पञ्चायती शासकले देशद्रोहको आरोपमा हत्या गरेका थिए। सहिद रत्नकुमारलाई नेपाल सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो।

तात्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाका समयमा नेपाल र नेपालीलाई स्वतन्त्र गराउन राज्यविरूद्ध गतिविधि गर्दा रत्नकुमारले भूमिगत हुने क्रममा आफ्नै घरमा निर्माण गरेको सुरूङको समेत संरक्षण गरिएको छ। रत्नको जन्म घर चित्रेमा सहिद बान्तवा र कम्युनिस्ट सहिद बमप्रसाद बान्तवाको सम्झनामा स्मारक निर्माण गरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार