एमालेकाे उम्मेद्वारका लागि सुहाङसहित ६ जनाकाे नाम केन्द्रमा सिफारिस

  आवाज संवाददाता

इलाम। बै‌शाख १५ गते हुन लागेकाे इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वारका लागि ६ जनाकाे नाम केन्द्रमा सिफारिस गरिएको छ ।   उम्मेद्वार बन्नका लागि  स्वर्गीय सुवासचन्द्र नेम्बाडका छोरा सुहाङ नेम्बाङसहित ६ जनाले इच्छा जाहेर गरेका छन् ।

सहमति हुन नसकेपछि आइतबार बसेको नेकपा एमाले जिल्ला सचिवालय बैंठकले ६ जनाकै नाम केन्द्रमा पठाउने निर्णय गरेको हाे ।

एमाले इलामले  उम्मेदवार चयन गर्न  अध्ययन कार्यदल बनाएको थियाे । साे कार्मायदलमा  उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलाल रिपल राई र नरेन्द्र भट्टराईले निवेदन दिएका थिए । साेही नाम जिल्लाले केन्द्रमा पठाउने निर्णय गरेको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार