इलाम क्षेत्र नं. २ मा बैशाख १५ गते उपनिर्वाचन हुने

इलाम । पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने निर्वाचन आयोगले निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले इलाम–२  वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो ।

इलाम–२ मा एमालेबाट नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको हो।

निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को मिति २०८१ बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको आयोगले जनाएको छ ।

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार