वाम गठबन्धनका साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराए

  आवाज संवाददाता

इलाम। बैंशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रबिन्द्र सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् ।

एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकांक्षी थिए । यस्तै धीरेन्द्र माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।

सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्य र श‌ंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराएका छन् । हालसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का पहिचान पक्षधरका तर्फबाट उम्मेदवार डकेन्द्रसिंह थेगिम रास्वपाका मिलन लिम्बूलगायत हालसम्म ८ जनाले मनाेनयन दर्ता गरेको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार