बर्षाको बोल्ड पहिरनको चर्चा

संभवत, नायिका बर्षा सिवाकोटीको करिअरमै पहिलो पटक हुनसक्छ कि उनको पहिरनको यति धेरै चर्चा भैरहेको छ । बिहिबार काठमाण्डौको अन्नपूर्ण होटलमा पछाडिको भाग अत्याधिक खुलेको पहिरन लगाएर पुगेकी नायिका बर्षा सिवाकोटी क्यामेराको अगाडि घेरिइन् ।

हुनत, उनी अन्नपूर्ण होटल बोल्ड पहिरनको बाहिर ज्याकेट लगाएरै पुगेकी थिइन् । तर, क्यामेराको अगाडि भने जाडो सहेरै उनले बोल्ड पहिरनमा हट पोज दिइन् ।
बर्षा सधै आफू यस्तै पहिरनमा देखिन्छु भन्ने नभएको बताउँछिन् । उनले भनिन्-‘म अर्को कार्यक्रममा सारी लगाएर पनि देखिन सक्छु ।’

बर्षा अहिले पनि आफू पहिरन छान्न जाँदा साधारण पहिरन नै छान्ने बताउँछिन् । तर, अब आफू मिडिया र दर्शकसँग विस्तारै भिज्न थालेकाले बोल्ड पहिरनको गसिपलाई पचाउन सक्ने भएको उनको भनाई थियो ।

‘रानीमहल’मा धेरै कलाकार छन् । तर, मिडिया र दर्शकले चिन्ने थोरै मात्र कलाकारमा पर्छिन् बर्षा । करिअरमा एकपछि अर्को चलचित्रमा काम गर्दै गएकी बर्षा यो चलचित्र कथाको अनुसार पर्दामा देखाउन सकियो भने निकै उत्कृष्ट बन्ने बताउँछिन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार