प्रदेश १ का जिल्लाहरुमा खाेप

  आवाज सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ ।

१४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार आज सम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको छ । उनका अनुसार भोली सम्ममा प्रदेश १ का सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ ।

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल ९ २ लाख ४० हजार डोज० जोनसन एण्ड जोनसन खोप आएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार