नेम्बाङलाई नेपालको संविधानको पिता घाेषणा गर्न सरकारसँग माग

इलाम। सुवासचन्द्र नेम्बाङ स्मृति प्रतिषठान इलामले नेम्बाङलाई नेपालकाे संविधानकाे पिता घोषणा गर्न सरकारसँग माग गरेकाे छ । नेम्बाङको ७२ औं जन्मजयन्तीकाे अवसर पारेर पारेर गरिएको प्रतिष्ठानको पहिलाे अधिवेशनले संविधान निर्माणमा नेम्बाङले खेलेको अग्रणी भूमिकाकाे सम्मान गर्दै सरकारले उनलाई संविधानको पिता घाेषणा गर्नुपर्ने माग गरेकाे हाे । अधिवेशनले नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको अध्यक्षतामा रहेको प्रतिष्ठानकाे तदर्थ समितिलाईनै निरन्तरता दिएको छ ।

यसै बीच नेम्बाङको ७२ औं जन्मजयन्तीमा जिल्लाका दलका नेता तथा कानुन व्यवसायीहरुले नेम्बाङकाे याेगदानकाे चर्चा गर्दै उनलाई स्मरण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार