बिब्ल्याँटेमै गुणस्तरीय उत्पादन गर्ने बेकरी उद्योग


इलाम। इलाम नगरपालिका वडा नं. ५ का युवा दिनेश लिम्बूले बिब्ल्याँटेमा मिनाक्षी बेकरी उद्योग सञ्चालन गरेका छन् । उद्योगले यही महिनादेखि गुणस्तरीय बेकरी उत्पादन शुरु गरेको छ ।

फागुन ४ गतेदेखि उत्पादन शुरु गरेको मिनाक्षी बेकरीको माग बजार बढ्दै गएको उद्योग सञ्चालक लिम्बूले बताए । ‘माग अनुसार उत्पादन गर्न सकेका छैनौं’ उनले भने, ‘हामीले जिल्लाका ग्रामीण बजारसम्म पुर्याउने प्रयास गरेका छौं ।’ गुणस्तरीय भएकै कारण बजारमा माग बढ्दै गएको उनले बताए ।

२० लाखको लागतमा स्थापना गरेको उद्योग उनले घरैमा राखेका छन् । तर, विक्री वितरणका लागि विब्ल्याँटे बजारमा स्टल रहने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार