इलाममा पनि मनाइयाे जनयुद्ध दिवस

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी इलामले जिल्लाका विभिन्न पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि २७ औं जनयुद्ध दिवश भव्यता मनाएको छ । इलामको देउमाइ नगरपालिकामा विद्यालयलाई १० हजार बराबरको खेलकुद सामग्री वितरण गर्दै  जनयुद्ध दिवशको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । त्यस्तै माइ नगरपालिकामा बिधार्थिहरुलाइ स्टेशनारी वितरण गरिएको छ ।

   उता सूर्योदयमा दिप प्रज्वलन गर्नुका साथै कोण सभा समेत सम्पन्न गरिएको छ । रोङ्ग गाउँपालिकाको शान्तिपुरमा पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । चुलाचुलीमा पनि जनयुद्ध दिवश मनाइएको छ । देउमाईमा सम्पन्न कार्यक्रममा नेकपा इलामका सेक्रेटरी मौसम, देउमाइ नगरपालिका इन्चार्ज नवराज, अखिल क्रान्तिकारिका जिल्ला अधक्ष बिनोद, माइजोगमाइका इन्चार्ज बेनुप लगायतले बोलेका थिए । माइ नगरपालिकामा पार्टिका जिल्ला सदस्यहरु बिमल र रुद्रले बोलेका थिए। त्यस्तै सुर्योदयमा पार्टिका जिल्ला सदस्य अबिनाशले बोलेका थिए । उता चुलाचुलिमा जिल्ला सदस्य हुकुम सिंह र रोङ्गको शान्तिपुरमा जिल्ला सदस्य प्रकाशको नेतृत्वमा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।

यता नेकपा माआेवादी केन्द्रले पनि विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फाकफोकथुम गाउँ समितिले २७ औं जनयुद्ध भब्य रुपमा मनाएको छ । पालिका अध्यक्ष केवि वान्तवाको अध्यक्षता भएको कार्यक्रममा शुभकामना आदानप्रदान, सहिद तथा बेपत्ता परिवार सम्मान साथै पुर्वजनमुत्ति सेना सम्मान कार्यक्रम गरि मनाइएको थियो

फाकफोकथुमको १ नं वडा कार्यालयमा गरिएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, जिल्ला कार्यालय सचिव प्रकाश परियारको विशेष आतिथ्यता, जनप्रतिनिधि, वडाध्यक्ष टेकविर नेम्वाङ साथै पार्टीका पदाधिकारी एवं जनवर्गीय संगठनको नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टी सचिव प्रकाश राईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अरुण दर्लामीले स्वागत गरेका थिए । फाकफोकथुमका १० बर्ष जनयुद्धमा ५ जना शदिद भएका थिए । १ सय भन्दा धेरै तत्कालीन माओवादीको सेना जनमुक्ति सेना एवं जनमेलेसियामा सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार