इलाम अन्तुको चिया कारखानामा आगलागी, नियन्त्रणमा लिने प्रयास

  आवाज सम्वाददाता

रुद्र घिमिरेको फेसबुकबाट

इलाम । इलाम सूर्यीदय नगरपालिका-४ अन्तुमा रहेकाे इलाम टी प्रोड्युसर्स प्रालिमा अहिले दिउँसाे आगलागी भइरहेकाे छ । आगलागीबाट मूख्य  कारखाना जलेर नष्ट भइसकेकाे अन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेले जानकारी दिए । अहिले दुई सयभन्दा बढी स्थानीय भेला भएर आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे उनले बताए । आवास र कार्यालय जाेगाउने प्रयास भइरहेकाे छ । के कारणले आगाे आगलागी भएकाे भन्ने थाहाँ भएकाे छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार