प्रेस चौतारी इलामको अध्यक्षमा चापागाईं, १९ सदस्यीय समिति गठन

  आवाज सम्वाददाता

इलाम । प्रेस चौतारी नेपाल इलामको नवौं जिल्ला सम्मेलनले भीम चापागाईंको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत रुपमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ ।

विहीबार इलाम सदरमुकाममा सम्पन्न चौतारीको अधिवेशनले उपाध्यक्षमा योगेन्द्र शंकर, सुष्मा श्रेष्ठ, सचिवमा किरण पौडेल, सहसिचवमा मनोज अधिकारी र सरिता राई तथा कोषाध्यक्षमा भगिरथ भण्डारीलाई चयन गरेको छ ।

चौतारीको जिल्ला सदस्यमा शान्ति गुरुङ, बुधराज लिम्बू, सौरवी सुनुवार, बन्दना अधिकारी, दिपक राई, बबिता मैनाली, मिलन मुखिया,  भीम विसुंखे, तारा खाती, बलिभद्र विवश, गोविन्द लामिछाने र दिपेन लिम्बु चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामबहादुर राना, विशेष अतिथि प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, जिल्ला अध्यक्ष तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्दिप राईले मन्तब्य राखेका थिए ।

बिमल दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमाले इलाम नगरपालिका सचिव ठाकूर श्रेष्ठ,  प्रेस चौतारीका पूर्व अध्यक्ष प्रकाश अधिकारी, अनेरास्ववियू इलामका अध्यक्ष संचिनजंग रायमाझी, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, वाणी एफएमका स्टेशन मेनेजर सोमनाथ सुसेली र प्रेस संगठन इलामका अध्यक्ष बुद्धमाया सोङमीले पनि शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशनको बन्द सत्रमा निवर्तमान समितिको सचिव किरण पौडेल र कोषाध्यक्ष भगीरथ भण्डारीले पेश गरेका सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार