माओवादी सदस्यले पुराण लगाउन र रिप लेख्न नपाउने !

नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुनेछ ।’कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’

                                                         -अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार