चिया काट्न सिकाउन परियोजना सुरु हुँदै

  आवाज स‌ंवाददाता

dav

निर्यात वस्तुहरूमध्ये अब्बल हुन थालेको नेपाली चियाका लागि सरकारले नयाँ परियोजनाको काम चियाको काँटछाँटबाट सुरु हुँदैछ । सरकारी तवरबाट सुरु भएको १७ करोड ८२ लाख रुपियाँको ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ चिया किसानका बारीबाट सुरु गर्न लागिएको नेपाल राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालय समेतको सहभागितामा सुरु भएको यो परियोजना आगामी २०२३ को अप्रिलसम्म सञ्चालन हुने परियोजनालाई किसानको आवश्यकता र चियाको सिजन अनुसार कार्य सम्पादन गर्ने लक्ष्य लिएको वोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बताए ।
आगामी पुस २ गतेबाट इलामका ११ स्थानबाट चियाको कटाइ सँगै काम सुरु गरिने भट्टराईको भनाइ छ । ‘यहाँ आएर हेर्दा चियाका बुट्टा तहसनहस भएका छन् ।
किसानहरुलाई प्राविधिक ज्ञान छैन, अब हरेक ३० जना किसानको समुह बनाएर त्यो समुहमा दुई जना दक्ष प्राविधिक खटाउने र तालिन दिइने योजना बनाएका छौं ।’ डा. भट्टराईले भने ‘२७९० किसानका बगानमा यो काम हुनेछ ।’
भट्टराईले दक्ष प्राविधिकको छनौटको काम पनि गरिने बताए । ‘जसले चियाका बुट्टामा जस्ले कैंची चलाउन जान्दछ, त्यसको अभ्यास हेरेरमात्र प्राविधिक जनशक्तिको छनौट हुनेछ ।’
डा. भट्टराई भन्छन्,‘शैक्षिक प्रमाणपत्रका आधारमा होइन प्रयोगात्मक अभ्यासमा प्राविधिक छानेर किसानलाई सिकाउन पठाउने योजना बनाएका छौं ।’ प्राविधिकहरुले चिया विस्तार आयोजनाको चिया बगानमा कैंची चलाएर आफ्नो सीपको परीक्षा दिने बताइएको छ । चियाको छाँटकाट पछि काटिएको चियालाई के गर्न पर्छ क्रमशः सिजन अनुसारको प्रक्रिया सिकाउँदै लाने बताइएको छ । मलखाद, टिपाइलगायतका विषयमा पनि तालिम दिइने छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, अर्गानिक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सृजना गर्ने यो परियोजनाको मुख्य लक्ष्य रहेको चिया तथा कफी विकास वोर्डले जनाएको छ । परियोजनाले चियाको मूल्य श्रृङखला र बजारीकरणलाई ‘टे«सिबिलीटी सिस्टम’ मार्फत सजिलो हुने वोर्डका कार्यकारी निर्देशक भट्टराईले बताउँछन् । ‘चिया क्षेत्रमा कुनै समस्या छैन, इमान्दारिताको कमि र किचलो मात्र छ,’ भट्टराईले भने ‘किसान र उद्योगीले इमान्दारिता देखाउन सके भने नेपाली चियालाई विश्व बजारमा एक नम्बरमा स्थापित गर्न सक्छौं । तर, इमान्दारिता हुनुपर्छ, त्यसको निगरानी गर्न वोर्डले सक्दैन ।’
परियोजना सुरु गर्न अघि वोर्डले चिया किसान र व्यवसायी सँग अभिमुखीकरण कार्यक्रम गरि परियोजनाको कार्यशैलीका विषयमा जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार