राष्ट्रसेवकको साधारण सभा सम्पन्न

  आवाज स‌ंवाददाता

राष्ट्रसेवक सहकारी संस्था इलामको २१ औं साधारणसभा सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज जसबहादुर राईको प्रमुख आतिथ्यता र संस्थाका जिल्ला अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष अधिकारीले गत आर्थिक वर्षको ४४ लाख २४ हजार ७ सय रुपैयाँ आय र ४० लाख २० हजार २९० रुपैयाँ व्यय प्रस्तुत गरेका थिए । संस्थाको कूल पुँजी भने ५ करोड ७४ लाख ४९ हजार ५७ रुपैयाँ १५ पैसा रहेको जनाइएको छ ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले राष्ट्रसेवक सहकारीले जिल्लामा सहकारी संञ्चालनको राम्रो अभ्यास गरिरहेको बताए । आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण परिचालनको कार्यक्रम गरिरहेको यस सहकारीले ठूलो सहयोग गरेको राईको भनाइ थियो । कोभिडका कारण कुनै नयाँ कार्यक्रम तय गर्न नसकेको भएपनि सहकारीले शेयर सदस्य महिलाका लागि प्रसुति स्याहार खर्च ५ हजार र कडा किसिमको रोग लागेका सदस्यलाई उपचार वापत २० हजार रुपैयाँ उपलब्ध गराउने लक्ष्य राखेको संस्थाका अध्यक्ष अभिकारीले जनाकारी दिए ।  संस्थाको हाल ५०१ जना शेयर सदस्य र ५३ जना बाल बचतकर्ता रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार