नेकपा एमाले सन्दकपुर गाउँपालिकामा ७७ मतसहित गिरिराज विजयी

नेकपा एमाले सन्दकपुर गाउँपालिकामा अध्यक्षमा गिरिराज खनाल निर्वाचित बनेका छन् । उनले ७७ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्वन्द्वी दीपक गुरुङले ५१ मत मात्र प्राप्त गरे । अध्यक्षका आकांक्षी तीन जना रहेपनि अन्तिम समयमा प्रकाश पराजुलीले उम्मेदवारी फिर्ता लिदा खनाल र गुरुङको भिडन्त भएको हो । यस्तै गाउँपालिका कमिटी उपाध्यक्षमा चन्द्र राईले ८२ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्द्वी छत्र दियालीले ४३ मत पाए । सचिवमा केवल राई सर्वसहमतिबाट निर्वाचित बने । उपसचिव पदमा पूर्वबहादुर राई र सिद्धार्थ राई सर्वसहमतिबाटै निर्वाचित बने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार