ट्याक्टर दुर्घटना सहचालककाे मृत्यू

  आवाज संवाददाता

ताप्लेजुङ।  अचानक अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर चालक याङवरक -१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । विहिबार राती साढे ९ बजे सुनवर्षी-४ स्थित भित्री सडकखण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक यादब गम्भिर घाईते भएका थिए । घाईते यादबको रंगेली अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार