उच्च अदालत इलामकी कर्मचारी मृत फेला

  आवाज संवाददाता

इलाम ।  उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी मृत फेला परेकी छिन् ।

कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका- २ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।

धरानबाट डग टोली ल्याएर घटना अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार