इलाम। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब वृद्धि गरेका छन्। उनले कर्मचारीको तलब २ हजारका दरले बढाएका हुन्।
यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिएका छन्। दुई वर्षअघि सरकारले नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्यसभन्दा माथि पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो।
बढेको तलब निजामतिबाहेक प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुने छ।
कर्मचारीका नेताहरुले यसपाली तलब बढाउनु पर्ने समय भए पनि महामारीका कारण असहज अवस्था आएकाले अहिले फ्रन्टलाइनमा काम गर्नेहरुलाई प्रोत्साहन भत्ता दिन भनेका थिए।