गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण

  आवाज संवाददाता

इलाम।कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन्।

प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो।

उक्त स्वाब परिक्षण गर्दा ३ जना सांसदको रिपोर्ट पाजेटिभ आएको तर नाम भन्न नमिल्ने प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले बताए।

रिपोर्ट पोजेटिभ आएको सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बस्न सुझाव दिएको शर्माले बताए।

प्रदेश सभाको जारी अधिवेसनमा कोरोना संक्रमित भएका सांसदले भाग लिन मिल्छ कि मिल्दैनरु भन्ने प्रश्नमा शर्माले भने, ‘संसदले के प्रोटोकल अपनाएको छ, मैले जान्ने कुरा भएन, उहाँहरुको कुरा हो।’

मंगलबार सदन अवरोध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति गरेको थियो।

उक्त सहमति अनुसार नै संसद अघि बढ्ने सभामुख नेत्रनाथ अधिकारीले सेतोपाटीलाई बताए।

लअभिि ष्ल
सभामुख अधिकारीले पनि ३ जना सांसदलाई कोरोना संक्रमण भएको जानकारी आफुले पाएको भन्दै संक्रमितलाई मतदान गर्न छुट्टै व्यवस्था मिलाउने बताए।

‘उहाँहरुलाई मतदान गर्न छुट्टै व्यवस्था गरिनेछ’, उनले भने, ‘अविश्वास प्रस्तावमा छलफलमा उठेको प्रश्नको जवाफ मुख्यमन्त्री ज्युले दिनुहुन्छ र मतदान अघि बढ्छ।’

अविश्वास प्रस्ताव माथि मतदान कहिले गर्ने टुङ्गो नलागेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार