इलाममा आयोजित इलाम आमन्त्रण खुला भलिबल प्रतियोगितामा अहिलेसम्म कुन टीमले कति अ‌ंक जाेडे

इलाम — विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)  क्लब इलाममा आयोजित ‘इलाम आमन्त्रण खुला भलिबल प्रतियोगिता’मा बिहीबार सेमिफाइनल नजिक पुगेको छ । लिगकम नकआउटको आधारमा बुधबारदेखि इलाममा सञ्चालित प्रतियोगितामा २ खेलमा ५ अंक बटुल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३र२ को सेटमा हराउँदै २ अंक जोडेको एपीएफले बिहीबार दमक नगर भलिबल क्लबविरुद्ध ३र१ सेटको जित निकालेर ५ अंक पुऱ्याएको हो ।

समूहमा नेपाल पुलिस क्लबसँग १ अंक छ । शुक्रबार हुने खेलमा पुलिसले दमक नगर भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दमकले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

एपीएफ, पुलिस र दमक सहभागी छन् । एपीएफ र पुलिसमा नेपाली राष्ट्रिय टिमका खेलाडीको बाहुल्य छ भने दमकसँग भारत कोलकाताका व्यवसायिक खेलाडीको समूह छ । एपीएफले दमकविरुद्ध २५र२१, २२र२५, २५र१२,२५र१९ को जित निकालेको हो । बिहीबार नै सम्पन्न खेलमा समूह ‘क’ को त्रिभुवन आर्मीले प्रतियोगितामा दोस्रो जित निकाल्दै ४ अंक पुऱ्याएको छ ।

भारतको हरियाणका खेलाडी सम्मिलित झापाको गौरादह नगर खेलकूद विकास समितिविरुद्ध ३र२ को जित निकाल्दै आर्मीले समीफाइनल यात्राको सम्भावना कायम राखेको हो ।

उद्घाटन खेलमा झापा विर्तामोडको विमान ट्रेडसलाई ३र२ को सेटमा पराजित गर्दै आर्मीले २ अंक जोडेको थियो । आर्मीले गौरादहलाई पराजित गर्ने क्रममा २५र२०, २२र२५, २३र२५, २५र१४, १५र८ को नतिजा निकाल्यो । त्रिभुवन आर्मी, गण्डाकी प्रदेश, गौरादह र विमान ट्रेडर्स सहभागी यो समूहमा सेमिफाइनल समीकरण रोचक वनेको छ ।

उदघाटन खेलमा आर्मीसँग पराजित भारतको दिल्लीका खेलाडी सम्मिलित विर्तामोडको विमान ट्रेडर्सले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सिधा सेटमा पराजित गरेर आर्मीको समान ४ अंक पुऱ्याएको छ । विमानले गण्डकीलाई रोक्ने क्रममा २५र२०, २५र२३, २५र२३ नतिजा निकाल्यो ।

भर्खरै पोखरामा सम्पन्न प्रतियोगितामा च्याम्यिन बनेको गण्डकीले पहिलो दिनको खेलमा गौरादहलाई सोझो सेटमा पराजित गर्दै ३ अंक बटुलेको थियो ।

यो समूहमा शुक्रबार आर्मीले गण्डकी र विमानले गौरादहसँग प्रतिस्पर्धा गर्ने छन् । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित प्रतियोगिताको विजेताले दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजारसहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगितामा ७ टिमको सहभागिता छ । चैत ४ मा सुरु भएको प्रतियोगिता ८ गतेसम्म चल्ने छ ।

इलाममा आयोजित इलाम आमन्त्रण खुला भलिबल प्रतियोगिताको दोस्रो दिनमा एपीएफ ९सेतो० विरुद्ध झापाको दमकले प्रहार गरेको स्पाइक रोक्ने क्रममा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार