डेरीमा आगलागी, ८६ लाखको क्षति

इलाम । इलाम नगरपालिका वडा न‌ं ५ मा रहेकाे धारपानी डेरी उद्योगमा मंगलबार दिउँसाे आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएकाे डेरी सञ्चालक घनेन्द्र मुखियाँले बताए । छर्पी सुकाउन बालिएको आगोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएकाे छ ।

आगलागीबाट डेरीका सबै मेशिनहरु नष्ट हुनका साथै २ हजार केजीभन्दा धेरै तयारी छुर्पी र घ्यू नष्ट भएको छ । आगलागी हुँदा दुई वटा घरमा रहेका सामग्री र छुर्पी नष्ट भएको हाे ।

स्थानीयले आगो नियन्त्रण गरेकाले घर भने आगलागीबाट जाेगिएको थियो । घटनापछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख बासुदेव खतिवडाले समेत घटनास्थलको निरीक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार