इलाम नगरपालिकामा टेम्पोको भाडा दर तोकियो

  आवाज संवाददाता

इलाम नगरपालिकाले इलाम नगरक्षेत्र भित्र सञ्चालनमा रहेका टेम्पोकोलागि भाडादर कायम गरेको छ । नगरको कार्यापालिका बैठकले इलाम चोकबजारलाई केन्द्र मानेर आसपासमा जाने टेम्पेहरुको भाडादर तोकिदिएको हो ।
कार्यपालिकाले चोकबजारबाट जिरो किलोमिटर, फूलगाछी, चियाबारीको पब्लिक हल, जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, विद्युत अफिस, भ्युटावर, लोकसेवा आयोगको कार्यालय हुँदै धोविधारा सम्मलाई प्रतिव्यक्ति ३५ रुपैयाँ र रिजर्भ एक सय रुपैयाँ तोकेको छ ।
यस्तै चुरेघाँटी, भालुढुङ्गा, पिपलबोटे, गडीथुम्का, आर्मी क्याम्प, शनिश्चरे डाँडा व्यायाम पार्क, बाह्वस्ती, थेबेचोक, पोखरी स्कूल, यातायात कार्यालय सेरा, ८ नम्बर वडा कार्यालय हुँदै सिङफ्रिङ अस्पताल सम्म प्रतिव्यक्ति ५० र रिजर्भ १५० रुपैयाँ तोकिएको छ । गोलाखर्क भन्ज्याङ, विल्याँटे, बालनगाउँ, ठूटेबर सिङफ्रिङ सम्म प्रतिव्यक्ति ८० र रिजर्भ २४० रुपैयाँ तोकिएको छ । यसैगरि पर्यटकीय स्थल भालुढुङ्गा, बालनगाउँ होमस्टे, ठुटेवर सिङफ्रिङ सम्म रिजर्भ दूई–दुई सय रुपैयाँ तोकिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार