इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा थेगिम

 दक्षिण कोरिया ।   रोजगारी,शिक्षा लगायत विभिन्न कारणले दक्षिण कोरियामा रहेका इलामेलीहरुको एकमात्र साझा संस्था इलामेली समाज दक्षिण कोरियाको चौथो अधिवेशन राजधानी सौलस्थित तोङ्देमुनमा सम्पन्न भएको छ ।

   सामाजिक सेवाको उदेश्यले सन २०१४ मा स्थापना भएको इलामेली समाज दक्षिण कोरियाको सम्पन्न चौथो अधिवेसनबाट समाजको अध्यक्षमा थेगीम निर्वाचित भएका हुन । अधिवेशनमा अन्य पदाधिकारीहरु र सदस्यहरु सर्वसम्मत चयन भएका थिए । अध्यक्षका लागि भने थेगिम सहित दुई जनाको उम्मेदवारी परेकोले लामो समय छलफल गर्दा समेत सहमति हुन नसके पछि निर्वाचनको प्रक्रियामा गएको थियो । ७ सदस्यीय निर्वाचन मण्डल गठन गरेर निर्वाचन गराइएको थियाे ।  निर्वाचनमा जम्मा ३१ मत खसेकोमा थेगीमले १६ मत र उनका प्रत्यासी सरोज सुब्बाले १५ मत प्राप्त गरेका थिए । रोजगारीको सिलसिलामा विगत लामो समयदेखि कोरियामा रहेका टीका थेगीम ‘घुम्नलाई जाउँ इलाम’ बोलको गीतका रचनाकार समेत हुन भने सरोज सुब्बा नेपाली सुपरहिट चलचित्र ए मेरो हजुर ३ र ४ का सहनिर्माता समेत हुन ।
     गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व्य परिषद दक्षिण कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा  दीप गुरुङ ,उपाध्यक्षमा देशबहादुर लिङ्देन, महासचिवमा सुरेश रिजाल,सचिवमा भिम विराज शंकर,कोषाध्यक्षमा भवानी घिमिरे , सह-कोषाध्यक्षमा मदन चापागाई लगायत १४ सदस्यीय कार्यसमिती चयन गरिएको समाजका निवर्तमान अध्यक्ष केदार निरौलाले जानकारी गराएका छन ।
   स्मरण रहोस इलामेली समाज दक्षिण कोरियाले विगत लामो समय देखि कोरियामा रहेका विभिन्न कारणले पीडित नेपालीहरु, विभिन्न रोगले पीडित व्यक्ति, इलाम लगायत नेपालका विभिन्न ठाउँमा दैवीप्रकोप, अनाथलय, वृद्धाश्रम लगायतको क्षेत्रमा आर्थिक तथा सामजिक सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार