कोभिड अस्पताललाई सामग्री हस्तान्तरण

 

 

बाल हेल्प लाईन १०

९८ इलाम र मानव अधिकार मञ्च नेपाल इलामले ताप्लेजुङ्गको मैयाखोला गाउँपालिकालाई कोभिड अस्पतालमा आवश्यक सामग्री हस्तान्तरण गरेको छ । बाल हेल्पलाईको कार्यक्षेत्र भित्र पर्ने कोभिड अस्पताललाई बालबालिकाका लागि आवश्यक स्वास्थ्य सामग्री, शैक्षिक, खेलकुद साथै मनोरञ्जनका सामग्री गरि ८८ हजार ७ सय रुपैयाँ मुल्य बराबरका सामग्री हस्तान्तरण गरिएको हो ।
मञ्चका अध्यक्ष मोहनसिंह थेवे र हेल्पलाईनका संयोजक भक्तथामीले गाउँपालिका उपाध्यक्ष कौशिला थलङ्ग लिम्बूलाई सामग्री हस्तान्तरण गरिएकोे हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले हस्तान्तरण गरिएका सामग्रीले यहाँको अस्पताललाई बालमैत्री बनाउन थप सहयोग पुग्ने बताए । कार्यक्रममा गाउँपालिका स्थित स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पा, मानव अधिकार मञ्चका गायत्री थेगिम, रन्जु थामी लगायतको उपस्थिति थियो ।
मञ्च र हेल्पलाईनले यस अघि १० स्थानीय तहमा सहयोग सामग्री हस्तान्तरण गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार