प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकारका कामकारबाहीबारे समेत जानकारी गराउने बताइएको छ । प्रधानमन्त्रीका रुपमा यो उनको पाँचौँ कार्यकाल हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार