एमाले अधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत,भोलि विहान ७ : १५ मै मतदाता नामावली प्रकाशन,यस्ता छन् दिनभरका कार्यक्रम

  आवाज संवाददाता

आजबाट एमालेको देशका अधिकांश जिल्लामा सहित इलाममा १० औं अधिवेशन सुरु भएको छ ।
आज एमालेका उद्घाटन शत्र एवम् खुला शत्रका कार्यक्रम भए । इलाममा विहान अवेर शुरु भएको उद्घाटन शत्रपछि वन्द शत्रका केही कार्यक्रम शुरु भए । कार्यक्रम वन्द शत्रमा प्रस्थान भयो भने अध्यक्षमण्डल गठन भयो । यसपछि आजै अध्यक्ष महेश बस्नेतमार्फत राजनीतिक प्रतिवेदन प्रस्तुत भयो ।
प्रतिवेदन प्रस्तुतभएपछि यसमा छलफल कार्यक्रम आज नगरिएको बताइएको छ । “लामो समयको थकाइ अनि विहान घरबाटै आएका प्रतिनिधिलाई गाह्रो होला भनेर प्रतिवेदन प्रस्तुत मात्र गरियो ।” कार्यालय सचिव रबिन्द्र सुवेदीले भने,“हामीले हात÷हातमा प्रतिवेदन दिएका छौ । त्यो पढेर भोलि त्यसउपर छलफल हुन्छ ।” प्रतिनिधिलाई खाना खुवाउने र सुत्ने व्यवस्था पार्टीले मिलाएको छ ।
यस्तो छ भोलिको निर्वाचन कार्यसूची
निर्वाचनमण्डलका अनु्सार भोलि विहान ७ ः १५ मा मतदाता नामावली प्रकाशन हुन्छ । त्यसमाथि दावी विरोध÷सुधारको कार्यक्रम ७ ः ३० सम्म रहने छ । नामावली उपर परेको दावी विरोध र सुधारको कार्यक्रम र सुधारसहितको सूचना प्रकाशन ७ ः ४५ बजेसम्म तोकिएको छ । निर्वाचन समितिका अध्यक्ष केशव द्यौरालीका अनुसार दावी विरोध उपर छानविन र निर्णय ८ ः १५ बजे र अन्तिम मतदाता नामावली प्रकाशन ८ ः ३० मा हुने छ । उम्मेदवारको दरखास्त फाराम विवरण ११ ः ०० बजे विहान र फाराम दर्ता ११ः३० मा रहेको । कार्य तालिकाअनुसार प्रारम्भिक नामवली प्रकाशन १ ः ०० बजे, विरोधमा उजुरी दिने १ ः ३०, छानविन र निर्णय २ ः ०० बजे, उम्मेदवारको नामावली प्रकाशन २ ः ३०, उम्मेदवारको नाम फिर्ता ३ ः०० बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३ः०० बजे रहेको ।यसपछिका कार्यक्रम कार्यतालिकामा राखिएको छैन । मतदान गर्नुपर्ने भएमा थप कार्यतालिका बनाउनु पर्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार